हर्मूज जलसन्धिको वर्तमान अवस्थाः ठूला जहाजको संख्यामा कमी
एजेन्सी । विश्वकै प्रमुख व्यापारिक जलमार्गहरूमध्येको एक, हर्मूज जलसन्धिको पछिल्लो अवस्थामा परिवर्तन देखिएको छ । ओमानको खसाब क्षेत्रबाट प्राप्त रिपोर्टिङकाअनुसार एक महिना अघिको तुलनामा हाल यस क्षेत्रमा ठूला मालवाहक जहाजहरूको संख्यामा उल्लेख्य कमी आएको छ । अघिल्लो महिना क्षेत्रीय तनावका कारण यस क्षेत्रमा धेरै संख्यामा ठूला र साना जहाजहरू रोकिएका थिए ।
