SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

भुजीखोला पुल निर्माण अनिश्चित

बागलुङ । ढोरपाटन नगरपालिका–५ भएर बग्ने भुजीखोलामा निर्माणाधीन पुल निर्माण पूरा नहुँदै जीर्ण भएको छ । दश वर्ष अगाडि निर्माण सुरु भएको पुलका सबै पिलर खियाले खाइसकेको छ । पुलमा लगानी भएको रु दुई करोड माटोमा मिलेको ढोरपाटन–५ का शिवराज कँडेल गुनासो गर्छन् ।