SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०७:२३ AM · 1 मिनेट पढाइ

विश्वकपको १०००औँ खेलमा जापानको शानदार प्रदर्शन

काठमाडौँ। फिफा विश्वकप २०२६ को इतिहासमा १०००औँ खेलका रूपमा दर्ज भएको प्रतिस्पर्धामा एसियाली शक्ति जापानले प्रभावशाली प्रदर्शन गर्दै अफ्रिकी राष्ट्र ट्युनिसियालाई ४–० ले पराजित गरेको छ। समूह एफ अन्तर्गत भएको यस जितसँगै जापानले नकआउट चरण पुग्ने सम्भावनालाई थप बलियो बनाएको छ।