SHARE
मकालु खबर · आइबार​ ७ असार २०८३ ०८:२९ AM · 1 मिनेट पढाइ

भोजपुरमा गाँजा फँडानी

भोजपुर । जिल्लाका विभिन्न भागमा लुकीछिपी गरिएको गाँजा खेती फँडानी भएको छ । प्रहरीले गाँजाका बोट नष्ट गर्ने अभियानअन्तर्गत हालसम्म एक लाख ३९ हजार ३५ बोट उखेलेर फालेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख राजु लामाका अनुसार एक हजार ५५६ केजी तयारी गाँजासहित १४ जनालाई नियन्त्रणमा लिइएको छ ।