SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ ०४:१९ AM · 1 मिनेट पढाइ

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

एजेन्सी । इजरायल र लेबनानबीच युद्धविराम सम्झौता लागू भएपनि इजरायली सेनाले दक्षिणी लेबनानमा गरेको पछिल्लो हवाई तथा ड्रोन आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । लेबनानी स्वास्थ्य मन्त्रालय र राष्ट्रिय समाचार एजेन्सी (एनएनए) काअनुसार यी श्रृङ्खलाबद्ध आक्रमणमा अन्य कयौँ व्यक्ति घाइते भएका छन् ।