अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक
एजेन्सी । इजिप्ट, पाकिस्तान, साउदी अरब र टर्कीका विदेशमन्त्रीहरूले आईतवार कायरोमा संयुक्त राज्य अमेरिका र इरानबीच हालै सम्पन्न शान्ति समझदारीका विषयमा केन्द्रित रहेर छलफल गरेका छन् । बैठकपछि जारी गरिएको एक संयुक्त विज्ञप्तिमा विदेशमन्त्रीहरूले अमेरिका–इरान समझदारीको स्वागत गर्दै यसलाई क्षेत्रीय तनाव कम गर्नका लागि एक रचनात्मक कदमका रूपमा व्याख्या गरेका छन् ।
