SHARE
मकालु खबर · सोमबार ८ असार २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

मनसुन थप चार प्रदेशमा विस्तार, अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण

काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज जारीे मनसुनसम्बन्धी बुलेटिनअनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसुन आज थप चार प्रदेशमा विस्तार भएको हो ।