SHARE
Samata Press · बुधबार १० असार २०८३ ०५:४४ PM · 1 मिनेट पढाइ

तिलोत्तमाको बजेट ३ अर्ब ५ करोड, सडक मर्मतमा प्राथमिकता

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५ करोड ६७ लाख ८८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले नगरसभाको २१औं अधिवेशनको बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिकाले आगामी वर्ष पूर्वाधार विकास, शिक्षाको गुणस्तर सुधार, कृषि आधुनिकीकरण र सुशासनलाई मुख्य प्राथमिकतामा राखेर बजेट ल्याएको छ । प्रस्तुत बजेटमा कुल विनियोजनमध्ये आर्थिक विकासतर्फ ४५ करोड ७४ लाख २५ हजार, सामाजिक विकासतर्फ ६७ करोड ४८ लाख ५५ हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ७ करोड ८० लाख ७९ हजार, वन वातावरण तथा विपत् व्यवस्थापनतर्फ ४३ करोड ८४ लाख २९ हजार र सुशासन तथा संस्थागत विकासतर्फ ४० करोड ८० लाख छुट्याइएको छ ।