SHARE
पर्दाफास · शनिबार २० असार २०८३ ०२:२६ AM · 1 मिनेट पढाइ

राहदानी विभाग नयाँ प्रणालीमा जाँदै, केही दिन सेवा प्रभावित हुने

राहदानी विभागले राहदानी जारी गर्ने प्रणाली स्तरोन्नति गर्दै नयाँ प्रणाली लागू गर्ने तयारी गरेको छ। प्रणाली परिवर्तनका कारण केही दिनका लागि देशभरका जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा प्रभावित हुने भएको छ।