राष्ट्रिय वाणिज्य बैङ्कको नयाँ सेवा सुरु, अनलाइनबाटै कर्जा आवेदन दिन सकिने
राष्ट्रिय वाणिज्य बैङ्क ले आजदेखि अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ। सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्ययोजनाअनुसार ग्राहकलाई सहज, छिटोछरितो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले बैङ्कले डिजिटल माध्यमबाट कर्जा आवेदन दिने व्यवस्था सुरु गरेको जनाएको छ। बैङ्कका उपकार्यकारी अधिकृत तथा सूचना अधिकारी पवन रेग्मीका अनुसार अब सेवाग्राहीले घरबाटै अनलाइनमार्फत कर्जा आवेदन दिन सक्नेछन्।
