अध्ययन भिसामा आएर मुस्लिम धर्मको प्रचार गर्ने इन्डोनेसियाका तीन महिला पक्राउ
काठमाडौं : पर्यटक भिसा र अध्ययन भिसामा नेपाल आएर शंकास्पद् गतिविधि गर्ने तीन जना इन्डोनेशियाका तनी जना महिलाहरू पक्राउ परेका छन्। पर्यटक र अध्ययन भिसामा आएर शंकास्पद् गतिविधि गरेको पाइएपछि अध्यागमन विभागले उनीहरूलाई नियन्त्रणमा लिएको हो।अध्यागमन स्रोतका अनुसार तीमध्ये एक जना पर्यटक भिसा र दुई जना अध्ययन भिसामा नेपाल आएका हुन्। तर, कुनै पनि शैक्षिक संस्थामा उनीहरू भर्ना नभएको अनुसन्धानबाट खुलेको छ।
