SHARE
Samata Press · मङगलबार ३० असार २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

सन्धिखर्क नगरपालिका-५ का वडाध्यक्ष ऋषव अधिकारीको निधन

अर्घाखाँची। सन्धिखर्क नगरपालिका-५ का वडाध्यक्ष ऋषव अधिकारीको निधन भएको छ। ७० वर्षीय अधिकारीको निमोनियाको उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो। उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ। उनका दुईटै किड्नीमा समस्या थियो भने निमोनियाको संक्रमण रहेको केही दिन अघिमात्र पुष्टि भएको थियो।  अधिकारी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।