राजनीतिक कोष ऐन उल्लंघनको अभियोगमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई दुई वर्ष जेल सजाय
एजेन्सी । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योललाई राजनीतिक कोष ऐन उल्लंघन गरेको अभियोगमा दुई वर्षको कारावास सजाय सुनाएको छ । सियोल केन्द्रिय जिल्ला अदालतले पूर्वराष्ट्रपति युनले स्वघोषित राजनीतिक दलाल म्युङ ताए–क्युनबाट १४ पटक निःशुल्क जनमत सर्वेक्षणको सुविधा लिएको ठहर गर्दै उक्त फैसला सुनाएको हो ।
