SHARE
मकालु खबर · मङगलबार ३० असार २०८३ ०६:०४ AM · 1 मिनेट पढाइ

तीनढ्वाङ्गे पुलबाट जोखिमपूर्ण यात्रा

सुनसरी । धरान उपमहानगरपालिका–८ स्थित तीनढ्वाङ्गे खहरेको किनारमा बस्दा हरिमाया सुनुवारको आँखा आज पनि रसाउँछ । पुल भत्किएको ठाउँतिर हेर्दै उनी श्रीमान् राम सुनुवारलाई सम्झिन्छन् । तीन वर्षअघि यही पुलबाट लडेर गम्भीर घाइते भएका उनका श्रीमान्को उपचारकै क्रममा मृत्यु भएको थियो । त्यसयता उनको परिवार ऋण, अभाव र पीडासँग जुधिरहेको छ ।