SHARE
अन्नपूर्ण · बिहीबार १२ भौ २०८२ १२:०७ AM · 1 मिनेट पढाइ

गत वर्ष रोकिएको बाघ र गैँडा गणना मङ्सिरमा गरिने

चितवन : गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गरिने भएको छ। यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागिएको हो।विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार बाघ भने हरेक चार-चार वर्षमा गणना गरिँदै आएको छ। सोहीअनुसार यस आर्थिक वर्षमा बाघ गणना गरिने छ। उनका अनुसार मङ्सिरमा बाघ गणना सुरु गरिँदै छ। करिब तीन महिना बाघ गणना गर्न समय लाग्ने उनले बताए।