हतार गरे भन्न सकिन्नँ, विस्तारै गए अवश्य पुगिन्छ : सांसद विश्वकर्मा
काठमाडौँ । रास्वपा सांसद रिमा विश्वकर्माले सरकारलाई ‘ट्रक साहित्य’ स्मरण गराएकी छिन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्ने क्रममा उनले ट्रक साहित्य स्मरण गराउँदै भनेकी छिन्, ‘हतार गरे भन्न सकिन्नँ, विस्तारै गए अवश्य पुगिन्छ ।’ साथै, उनले सुशासनलाई प्राथमिकतामा राखेको सरकारले नागरिकको मानसिक स्वास्थ्यलाई पनि एजेन्डाका रुपमा स्थापित गर्न जरुरी रहेको बताइन् । ‘‘एक्सप्रेस वे’मा तीव्र गतिमा अघि बढिरहेको सरकारलाई म एउटा ट्रक साहित्य सम्झाउन चाहन्छु । हतार गरे भन्न सकिन्नँ, विस्तारै गए अवश्य पुगिन्छ,’ उनले भनेकी छिन् । साथै, उनले राजनीतिक दायित्वसँगै सामाजिक र नैतिक जिम्मेवारीलाई पनि आत्मसाथ गर्न सरकारलाई आग्रह गरिन् । ‘सुशासनलाई प्राथमिकतामा राखेको सरकारले अब नागरिकको मानसिक स्वास्थ्यलाई पनि एजेन्डाको रुपमा स्थापित गर्न जरुरी छ । राजनीतिक दायित्वसँगै हामीले सामाजिक र नैतिक जिम्मेवारीलाई पनि संवेदनशीलताका साथ आत्मसाथ गर्न जरुरी छ,’ सांसद विश्वकर्माले भनिन् ।
