SHARE
Samata Press · मङगलबार ३० असार २०८३ ०४:१३ PM · 1 मिनेट पढाइ

व्यावसायिक बेसारखेतीमा इलामका किसान

फिक्कल (इलाम) । इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान रामभक्त निरौलाले यसवर्ष १०० केजी बीउ बेसार रोपेका छन् । केही वर्षअघिसम्म घरायसी मसलाको रुपमा मात्र प्रयोग गर्न बेसार रोप्दै आएका निरौलाले करिब तीन रोपनी खेतीयोग्य जमिनमा बेसारखेती गरेका छन् । स्थानीय ‘गजुरमुखी महिला बहुउद्दश्यीय सहकारी संस्था’ले बेसारको बीउ निःशुल्क उपलब्ध गराउने र उत्पादन समेत सहकारी संस्थाले नै खरिद गर्न थालेपछि निरौलाले व्यावसायिक बेसार खेती सुरु गरेका हुन् । ‘‘बेसार खेती सुरु गर्न सहकारी संस्थाले सुरुमा बीउ दिने र उत्पादन पनि उसैले खरिद गर्ने भएपछि व्यावसायिक बेसार खेती सुरु गरेको हुँ,’’ उनले भने, ‘‘यसलाई आगामी वर्ष अझ विस्तार गरेर लैजाने योजना बनाएको छु ।’’ माङसेबुङ–१ की अर्की किसान अन्जु लिम्बूले पनि यस वर्ष ९५ केजी बीउ बेसार रोपेका छन् । थोरै जग्गामा बेसार खेती गरेर पनि राम्रो आम्दानी हुन थालेपछि बेसार खेती विस्तार गरेको उनले बताइन् । ‘‘गजुरमुखी महिला बहुउद्दश्यीय सहकारी संस्थाबाट अर्को साल ‘आधा परिमाण फिर्ता गर्नेगरी’ बेसारको बीउ पाएपछि खेती विस्तार गरेकी हुँ,’’ सहकारी संस्थाकी सदस्य समेत रहेकी लिम्बूले भनिन्, ‘‘यसवर्ष मैले सहकारी संस्थाबाट ९५ केजी बीउ पाएँ ।