SHARE
Samata Press · मङगलबार ३० असार २०८३ ०८:२१ PM · 1 मिनेट पढाइ

'पहिले तरकारी के पाक्यो भनेर सोध्ने छोराले अहिले हामीलाई सरकारले कहिले निकाल्छ भनेर सोध्छ ?'

काठमाडौँ । 'मेरो बुवा लालपुर्जा नदेखेरै बित्नुभयो, अब म मात्रै होइन, मेरो सन्तान पनि नदेखेरै मर्ने हो कि भन्ने डर लाग्न थालेको छ ।' दाङका भूमिहीन समसोन गिरीले राष्ट्रिय मानव अधिकार आयोगको हलमा यति भनिसक्दा कार्यक्रम हल केही बेर भावुक देखियो । उनको आवाज काँपिरहेको थियो । अनुहारमा निराशा थियो, तर आँखामा अझै एउटा आशा बाँकी थियो, कहिल्यै नदेखेको लालपुर्जा एक दिन आफ्नै हातमा पर्ने आशा ।