SHARE
Samata Press · मङगलबार ३० असार २०८३ ११:२० PM · 1 मिनेट पढाइ

नेकपाको जिल्ला संयोजक बने बलिराज इङ्नाम

तेह्रथुम। नेपाली कम्युनिष्ट पार्टीको तेह्रथुम जिल्ला संयोजकमा बलिराज इङ्नाम चयन भएका छन्।  गत निर्वाचनअघि एकता घोषणा गरेका दलहरूबीच जिल्लामा भएको एकता बैठकले एकतापछि पार्टीको जिल्ला संयोजकमा इङ्नामलाई चयन गरेको हो। इङ्नाम तत्कालीन नेकपा माओवादी केन्द्रका नेता हुन्। उनी हाल आठराई गाउँपालिकाको उपाध्यक्ष समेत हुन्।  एकता बैठकमा पार्टीका कोशी प्रदेश इन्चार्ज राजेन्द्रकुमार राई, सहइन्चार्ज सावित्रीकुमार काफ्ले र प्रदेश संयोजक हर्कबहादुर नेम्वाङ लगायत नेताहरूले सम्बोधन गरेका थिए।