SHARE
Samata Press · बुधबार ३१ असार २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

दलितलाई मृत्युपछि श्रद्धाञ्जली होइन, बाँचुन्जेल सामाजिक न्यायको सुनिश्चतता गरिदिनुपर्छ : सांसद रिमा विश्वकर्मा

 काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रीमा विश्वकर्माले दलित समुदायलाई मृत्युपछि श्रद्धाञ्जली र क्षतिपूर्ति दिनेभन्दा जीवित रहँदै सम्मानपूर्वक बाँच्न पाउने अधिकार र सामाजिक न्याय सुनिश्चित गर्न राज्यसँग आग्रह गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद विश्वकर्माले दलित समुदायका नागरिकले सम्मानका साथ बाँच्न पाउने वातावरण सिर्जना गर्नु राज्यको दायित्व भएको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, 'राज्यले दलित समुदायलाई मृत्युपछि श्रद्धाञ्जली र क्षतिपूर्ति होइन, सम्मानपूर्वक बाँच्ने अधिकार, अन्यायविरुद्ध बोल्ने साहस र जीवित रहँदै सामाजिक न्यायको सुनिश्चितता गरिदिनुपर्छ ।' उनको यो अभिव्यक्ति पछिल्लो समय दलित समुदायसँग सम्बन्धित घटना र सामाजिक न्यायको विषयमा भइरहेका सार्वजनिक बहसका बीच आएको हो । सांसद विश्वकर्माले राज्यका नीति र व्यवहारले दलित समुदायको सम्मान, अधिकार र न्यायलाई जीवित अवस्थामै सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छन् ।