सरकारप्रति सत्तारुढ दलकै सांसद झाको असन्तुष्टि : ‘यस्तो बचपनले राजकाज चल्दैन'
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा गाडी तेर्स्याएर आवागमन अवरुद्ध गर्ने घटनाप्रति आपत्ति जनाउँदै संलग्नमाथि अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सांसद झाले राज्यको दायित्व नागरिकका समस्या समाधान गर्नु भएको उल्लेख गर्दै राज्य आफैंले नागरिकलाई थप त्रसित बनाउने गतिविधिमा संलग्न हुन नहुने बताएका छन् । 'सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो । यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो । राज्यले आफैं थप आतङ्कित बनाउने हैन,' उनले लेखेका छन्।
