SHARE
Samata Press · बुधबार ३१ असार २०८३ ०१:२२ PM · 1 मिनेट पढाइ

ग्यास भण्डार केन्द्र निर्माणमा प्राथमिकताका साथ काम गरौं : सांसद राना

काठमाडौं । नेकपा एमालेका सांसद कृपाराम रानाले एलपी ग्यास भण्डारण क्षमता नहुँदा निजी क्षेत्रले मात्र बजार धान्नुपरेको उल्लेख गर्दै सरकारले यसमा ठोस गृहकार्य गर्नुपर्ने बताबताएका छन् । उनले दैलेखको ग्यास खानी उत्खनन परियोजनालाई छिटो अघि बढाउन समेत सरकारसँग आग्रह गरे । बुधबार बसेको संघीय संसद् अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । सांसद रानाले व्यावसायिक र घरायसी प्रयोजनका लागि छुट्टाछुट्टै रङका सिलिन्डर प्रयोगमा ल्याउनुपर्ने पनि बताए ।