SHARE
Samata Press · बुधबार ३१ असार २०८३ ०१:१७ PM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद्को निर्णय : उद्योगदेखि महिला मन्त्रालयसम्म सचिव सरुवा

काठमाडौँ । सरकारले विभिन्न मन्त्रालय तथा निकायका सचिवको जिम्मेवारी हेरफेर गर्दै सरुवा गरेको छ । सरकारको निर्णयअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।  महिला मन्त्रालयकी सचिव राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । त्यसै गरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडी लाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । उद्योग मन्त्रालयका सचिव डिल्लीराम शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । यस्तै, राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा पठाइएको छ भने विश्वबाबु पुडासैनीलाई राष्ट्रिय सतर्कता केन्द्रको सचिवको जिम्मेवारी दिइएको छ ।