SHARE
Samata Press · बुधबार ३१ असार २०८३ ०४:०९ PM · 1 मिनेट पढाइ

विपद् पूर्वतयारी र सुशासनलाई प्राथमिकता दिन सांसद पन्तको आग्रह

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा सांसद कमला पन्तले  विपद् पूर्वतयारी  र सुशासनमा जोड दिइन् ।  उनले कृषि उत्पादन वृद्धि, सुशासन, विपद् व्यवस्थापन, श्रमिक अधिकार र महँगी नियन्त्रणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताइन् । सांसद पन्तले रासायनिक मलको अभावमा किसान पिरोलिएका र सिँचाइ सुविधा नहुँदा कृषि उत्पादन प्रभावित भएको बताउँदै किसानलाई प्राथमिकतामा नराखेसम्म मुलुकको अर्थतन्त्र बलियो हुने बताइन् । सांसद पन्तले मन्त्रिपरिषद्बाट स्वीकृत सदाचार नीतिको उद्देश्य भ्रष्टाचार नियन्त्रण, नैतिक विचलन न्यूनीकरण र सुशासन कायम गर्नु हो भन्दै उक्त नीति प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिइन्।  सरकारी क्षेत्रसँगै नागरिक, विधायिका, वित्तीय तथा कूटनीतिक क्षेत्रसम्म सदाचार नीति पालना हुनुपर्ने उनको भनाइ थियो ।  मनुसुनका कारण मुलुक बाढी, पहिरो र डुबानको जोखिम रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यकारी प्रमुखको नियुक्ति तत्काल गर्न  माग गरे ।  उनले जोखिमयुक्त क्षेत्र र राजमार्गको स्पष्ट पहिचानसहित समयमै पूर्वसूचना प्रवाह गर्नुपर्ने बताउँदै नेपालले तयार पारेको ‘अर्ली वार्निङ फर अल’ सम्बन्धी रणनीतिक योजना सरकारले शीघ्र अनुमोदन गर्नुपर्नेमा जोड दिए ।