SHARE
अन्नपूर्ण · सोमबार ४ साउन २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

तरकारी खेतीले फेरिएको धनुबास

प्यूठान : मल्लरानी गाउँपालिका–३ धनुबासको पहिचान नै फेरिएको छ। परम्परागत खेती प्रणाली र बालीबाट तरकारी खेतीमा किसानहरू आकर्षित भएपछि गाउँको पहिचान नै फेरिएको हो। अहिले धनुबासलाई तरकारी गाउँको रूपमा चिनिन थालेको छ।पछिल्लो पाँच वर्षदेखि यहाँका किसानहरू तरकारी खेती थालेका हुन्। यहाँका किसानहरूले व्यक्तिगतका साथै समूहमा समेत तरकारी खेती गर्दै आएका छन्। आलु, प्याज, काँक्रा, टमाटरलगायतका तरकारी उत्पादन हुने गरेको छ। उत्पादित तरकारीहरू स्थानीय बजारका साथै जिल्ला सदरमुकाम खलंगामा खपत हुँदै आएको छ।