नमुना प्रशोधन केन्द्र: प्रयोगविहीन उपकरण, सञ्चालनमा छैन ध्यान
झापा : बिहानको घाम अझै पूरै चर्किएको छैन। मेचीनगर नगरपालिका–१४, दुवागढीको एउटा घरअगाडि नीलो र सेतो रङको सेफ्टी ट्यांकी रोकिएको छ। सावधानीका साथ बाक्लो पाइप भुइँमा बिछ्याइएको छ। चालक र सहचालकले सेफ्टी ट्यांकीको ढकनी उठाएको केहीबेगरमै मोटरको सहायताले वर्षौंदेखि जमेको बाक्लो, कालो लेदो पाइपभित्र हराउन थाल्छ। घरधनीलाई एउटा मात्र चासो छ, ट्यांकी सफा भयो कि भएन ?तर एउटा अर्को प्रश्नले कसैलाई छुँदैन।
