श्रमदान र स्थानीय लगानीले नाम्फुको खानेपानी समस्या अन्त्य
रुकुम पूर्व :भूमे गाउँपालिका–८ नाम्फुमा वर्षौँदेखि रहेको खानेपानी समस्या अन्त्य भएको छ। गाउँपालिकाको करिब ४८ लाख रुपैयाँ लगानी, स्थानीयवासीको ६८ दिनको श्रमदान र गोर्खा वेलफेयरको प्राविधिक सहयोगमा निर्माण गरिएको खानेपानी आयोजना सञ्चालनमा आएपछि बस्तीका ३९ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन्।आयोजनाअन्तर्गत आकर्षक डिजाइनका धारा निर्माण गरी घरघरमा स्वच्छ खानेपानी पुर्याइएको छ। स्थानीयवासीको सक्रिय श्रमदानका कारण मुहानदेखि बस्तीसम्म पाइपलाइन विस्तार गर्न सहज भएको गाउँपालिकाले जनाएको छ।
