SHARE
अन्नपूर्ण · सोमबार ४ साउन २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

स्कुटर चोरेको अभियोगमा एक जना पक्राउ

भक्तपुर : स्कुटर चोरीमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।  सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट स्कुटर चोरी गरेको आरोपमा सिन्धुली मरिण गाउँपालिका-४ घर भएका ३१ वर्षीय माइते सिं स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको हो ।