SHARE
अन्नपूर्ण · सोमबार ४ साउन २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

समाज बदल्दै नबिल बैंक

बैंकको मूल उद्देश्य वित्तीय सेवा प्रवाह गर्नु हो। तर, आधुनिक बैंकिङको अवधारणाले संस्थाको मूल्यांकन केवल नाफा, निक्षेप वा कर्जाको आकारबाट मात्र गर्दैन।  समाजमा उसले छोडेको सकारात्मक र दीर्घकालीन प्रभाव पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। यही सोचलाई संस्थागत संस्कृतिका रूपमा आत्मसात् गर्दै नबिल बैंकले संस्थागत  सामाजिक उत्तरदायित्व (सीएसआर)लाई परोपकारी सहयोगको सीमाभन्दा माथि उठाएर दिगो विकासको दीर्घकालीन रणनीतिका रूपमा अघि बढाएको छ।