सेयर बजारमा सुधारका संकेत,नेप्से परिसूचक २७ सयको विन्दुमाथि,साढे पाँच अर्बको कारोबार
काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक सकारात्मक देखिएको छ। परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुगेको हो। यसदिन ३४३ वटा स्क्रिप्सको १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर ५ अर्ब ५१ करोड २६ लाख ८८ लाख ९७९ रुपैयाँमा खरिदबिक्री भए।नेप्से परिसूचक उच्च अंकले बढ्दा दुईवटा कम्पनीको सेयर १४ प्रतिशत बढीले वृद्धि भएको छ।
