बागमती प्रदेशमा तत्काल सरकार नछोड्ने रणनीतिमा एमाले
हेटौंडा : बागमती प्रदेशमा नेकपा एमालेले तत्काल सरकार नछोड्ने रणनीति बनाएको छ। गत शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारको मन्त्रालय संख्या घटाउने निर्णयसँगै ६ जना विनाविभागीय मन्त्रीलाई आज सोमबार सामूहिक राजीनामा दिन लगाए पनि तत्कालका लागि स्थगित गरेको छ।गत वैशाख २२ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ८ वटा मन्त्रालय मात्रै रहने व्यवस्था साउन १ गते देखि लागू हुने निर्णय गरेको थियो।
