SHARE
अन्नपूर्ण · सोमबार ४ साउन २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

उजुरी लेख्न नजान्नेलाई छुट्टै कर्मचारी,सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन

काठमाडौं : सरकारले जनसम्पर्क बढी हुने सरकारी कार्यालयको सेवा प्रवाहलाई सहज,सरल र बिचौलियामुक्त बनाउन एकद्वार सेवा प्रणाली लागू गर्ने निर्णय गरेको छ।मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको बैठकले मालपोत,नापी,यातायात,श्रम,जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायत बढी सेवाग्राहीको चाप हुने कार्यालयमा एकद्वार सेवा प्रवाहको व्यवस्था गर्ने निर्णय गरेको हो।