SHARE
अन्नपूर्ण · सोमबार ४ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

कक्रोच जनता पार्टीको मार्च गर्ने क्रममा दिल्लीमा तनाव: प्रदर्शनकारीमाथि प्रहरीद्वारा लाठी र अश्रुग्यास प्रहार

काठमाडौं : भारतमा शिक्षा प्रणालीमा सुधारको माग गर्दै 'कक्रोच जनता पार्टी' (सीजेपी)ले गरेको आह्वानपछि सोमबार हजारौं मानिसहरूले संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। तिनमा विद्यार्थी, अभिभावक,अभियानकर्मी तथा नेताहरू पनि छन्।दिल्लीमा विरोधप्रदर्शन गर्न तोकिएको स्थान जन्तरमन्तरमा प्रदर्शनकारीहरूको घुइँचो लागेको छ। त्यहाँ सयौँको सङ्ख्यामा प्रहरी तथा अर्धसैनिक बलका सुरक्षाकर्मीहरू खटाइएको छ।