SHARE
अन्नपूर्ण · सोमबार ४ साउन २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीले भने- पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्या समाधान गर्छौं

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले पुँजी बजार र धितोपत्र व्यवसायमा देखिएको समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। सोमबार सिंहदरबारमा पुँजी बजार, धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजार र धितोपत्र व्यवसायलाई व्यवस्थित बनाउनका लागि काम भइरहेको भन्दै यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाए।उनले व्यवसायीहरूका जायज मागहरू कार्यान्वयनमा लैजानका लागि सरोकारवाला निकायलाई बोलाएर छलफल गर्ने प्रतिबद्धता जनाए।