SHARE
अन्नपूर्ण · सोमबार ४ साउन २०८३ ०६:०१ PM · 1 मिनेट पढाइ

कोरियाको इन्छनस्थित लजिस्टिक्स केन्द्रमा लागेको आगो ६१ घण्टापछि नियन्त्रणमा

दक्षिण कोरियाको इन्छनस्थित कुपाङको लजिस्टिक्स केन्द्रमा लागेको भीषण आगो करिब ६१ घण्टापछि नियन्त्रणमा आएको छ। इन्छन् अग्निनियन्त्रण मुख्यालयका अनुसार जुलाई १८ बिहान ६:५४ बजे सोहे–गुको सिओकनाम–दोंगस्थित कुपाङ ३२ लजिस्टिक्स केन्द्रमा लागेको आगो जुलाई २० साँझ ८ बजेतिर प्रारम्भिक रूपमा नियन्त्रणमा आएको हो।यो आगलागी ८ तले तथा करिब २ लाख ९९ हजार वर्गमिटर क्षेत्रफल भएको विशाल लजिस्टिक्स केन्द्रमा भएको थियो।