'यस्तो ढिलासुस्तीले आगामी चार वर्षमा पनि फास्ट ट्रयाक बन्दैन'
काठमाडौं : काठमाडौं तराई द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणमा भएको ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरुले असन्तुष्टि जनाएका छन्।सिंहदरबारमा सोमबार बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मधेश र बागमती प्रदेश अन्तर्गतका जिल्लाहरूमा गरिएको अनुगमनको समीक्षा गर्दै उनीहरूले काठमाडौं तराई द्रूतमार्ग निर्माणको कार्य निकै सुस्त भएको र अबको चार वर्षमा पनि निर्माण सम्पन्न नहुने जनाएका हुन्।
