संविधानको मर्मविपरीत समीकरण बनाउँदैनौं, प्रतिपक्षमा बस्छौं : उपसभापति शर्मा
काठमाडौं : नेपाली कांग्रेसले प्रदेशमा संविधानको मर्मविपरीत सत्ता समीकरण बनाउन नहुने स्पष्ट पारेको छ।बीपी स्मृति दिवसका बारेमा जानकारी दिन सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले प्रतिपक्षीविहीन प्रदेशसभाको कल्पना संविधानले नगरेको भन्दै संविधानको मर्मविपरीत सत्ता समीकरण बनाउन नहुने बताए।
