रसुवागढी नाका जोड्ने सडकमा साँझ ७ बजेपछि सवारी साधन सञ्चालनमा गर्न रोक
काठमाडौं : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने दुवै सडकमा साँझ ७ बजेपछि सवारी साधन सञ्चालनमा गर्न रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति रसुवाको आज बसेको बैठकले बेत्रावती- मैलुङ-स्याफ्रुवेशी -रसुवागढी सडक खण्ड र पासाङ ल्हामु राजमार्ग अन्तर्गत ग्राङदेखि धुन्चेसम्म सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। यो निर्णय आज साँझ ७ बजेबाट लागु हुनेछ।
