SHARE
अन्नपूर्ण · सोमबार ४ साउन २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

मालबाहक ट्रक लिएर सहचालक बेपत्ता, खोजी तीव्र

सिमराः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैयामा पार्किङ गरी राखिएको मालबाहक खाली ट्रक लिएर सहचालक बेपत्ता भएका छन्। पथलैयाका स्थानीय सोम गुरुङको स्वामित्वमा रहेको ना६ख १३५७ नम्बरको ट्रक आइतबार राति पार्किङ स्थलबाटै सहचालकले लिएर फरार भएका हुन्।प्रहरीका अनुसार राति करिब ११ बजे सहचालकले पार्किङ गरी राखिएको ठाउँबाट ट्रक लिएर निस्किएको सीसीटीभी फुटेजमा देखिएको छ।