SHARE
अन्नपूर्ण · सोमबार ४ साउन २०८३ ०९:०१ PM · 1 मिनेट पढाइ

बाराको होटलमा विश्वकप फुटबलको फाइनल हेरेर सुतेका भारतीय नागरिकको मृत्यु

सिमरा: बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ सिमरास्थित लामा होटलमा बास बसेका भारतीय नागरिकको सोमबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा भारत कोलकाताका ६० वर्षीय अरुप साँधु रहेका छन्।प्रहरीका अनुसार विश्वकप फुटबलको फाइनल खेल हेरेर सुतेका साँधुको स्वास्थ्यमा अचानक समस्या आएको थियो। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार प्रहरी टोली होटल पुग्दा साँधु अचेत अवस्थामा थिए। उनलाई उपचारका लागि तत्कालै अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।