SHARE
अन्नपूर्ण · सोमबार ४ साउन २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

बारामा पोखरीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु

सिमराः बाराको प्रसौनी गाउँपालिकामा सोमबार साँझ खेत जोत्ने क्रममा ट्याक्टर अनियन्त्रित भई पोखरीमा पल्टिँदा  चालकको मृत्यु भएको छ। दुर्घटनामा प्रसौनी गाउँपालिका-५ प्रस्टोकाका २८ वर्षीय तेजनारायण साहको मृत्यु भएको हो।प्रसौनी गाउँपालिका-७ बन्जरीस्थित खेतमा जोतिरहेका बेला ट्याक्टर अनियन्त्रित भई नजिकैको पोखरीमा पल्टिएको प्रहरीको भनाइ छ।