SHARE
अन्नपूर्ण · सोमबार ४ साउन २०८३ ११:०१ PM · 1 मिनेट पढाइ

१६ किलोमिटर उल्टो साइकल चलाएर टुटेश्वर महादेवलाई जल अर्पण

बर्दिबास : १६ किलो मिटर उल्टो साइकल चलाएर महोत्तरीको बर्दिबासका एक स्वास्थ्यकर्मीले मधेसको कैलाश टुटेश्वरका रूपमा परिचित टुटेश्वरनाथ महादेव मन्दिरमा जल अभिषेक गरेका छन् ।बर्दिबास नगरपालिका-५ पावनभुमी टुटेश्वर अवस्थित पुरातात्त्विक एव एतिहासिक टुटेश्वरनाथ महादेवको (शिवलिङ) मा उनले सोमबार जल चढाएका थिए । १२ हजार वर्ष पुरानो रातु नदि सभ्यताको जल चढाउन पुर्व-पश्चिम राजमार्ग हुँदै उनले जल लिएर मन्दिरमा चढाएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजाराम यादवले जनाए ।