SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

लेनदेन र ठगी कसुरमा रास्वपा सांसद आशिकाको नाम मुछियो

काठमाडौं : राष्ट्रिय मानवअधिकार आयोगमा परेको एक लेनदेनसम्बन्धी उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिका तामाङको नाम मुछिएको छ। अमेरिकामा रहेकी कुष्मा बुढाथोकी र झापाका जीवनप्रसाद बाँस्कोटाबीचको करोडौं रुपैयाँको लेनदेन तथा ठगी विवादमा सांसद तामाङको नाम जोडिन पुगेको हो।मानवअधिकार आयोग हुँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको जाहेरीमा बाँस्कोटा र सांसद तामाङले चेक बाउन्स गराई ब्ल्याकमेल गरेको आरोप लगाइएको छ।