SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

दरबन्दी घट्ने भएपछि स्थायी पदपूर्तिमा रोक

काठमाडौं : नेपाल सरकारले चालु आर्थिक वर्षभर स्थायी पदपूर्तिमा रोक लगाउने निर्णय गरेको छ। नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणअनुसार सरकारी निकायहरूमा दरबन्दी कटौती हुने भएपछि लोकसेवा आयोगमार्फत नयाँ भर्ना नखुलाउने भएको हो।