SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

नदीमा डुबेर बारामा तीन वर्षीया बालिकाको मृत्यु

सिमरा : बाराको जीतपुरमा सोमबार दिउँसो नदीमा डुबेर तीन वर्षीया एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका– ३ निवासी अलि हुसेनकी तीन वर्षीया छोरी फुलतारा खातुन रहेकी छन् ।प्रहरीका अनुसार बालिका आफ्नी आमा सलियान खातुनसँग जीतपुरसिमरा उपमहानगरपालिका–७ पहाडी टोलस्थित आफन्त दिदी नाता पर्ने जबैदा खातुनको घरमा गएकी थिइन् । सोही क्रममा घरनजिकै रहेको सरिसवा नदी किनारमा खेल्दाखेल्दै उनी अचानक नदीमा डुबेकी हुन् ।