SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ १०:०१ AM · 1 मिनेट पढाइ

काठमाडौंमा एक युवतीले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

काठमाडौं : काठमाडौंमा एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–३ घर भई गोकर्णेश्‍वर नगरपालिका - ८ माकलबारी आएकी २७ वर्षीय सालु गुरुङले सोमबार पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी हुन् ।जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी एवम् एसपी पवन कुमार भट्टराईका अनुसार प्रारम्भिक अनुसन्धानमाा श्रीमानसँग विवाद हुँदा खाजा घर पछाडिको पार्किङमा आफूले आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएकी हुन्।गुरुङका दम्पत्तिले खाजा घर सञ्चालन गर्दै आएका थिए।