मधेशका ८२ हजार ई–रिक्सा चालकले परीक्षा बिनै लाइसेन्स पाउँदै
जनकपुरधाम : मधेश प्रदेशमा सिटी रिक्सा, ई–रिक्सा सवारी साधन चालकहरुले लिखित परीक्षा बिनै लाइसेन्स पाउने भएको छ । मधेस सरकारले ट्रयाक्टर, ई–रिक्सा र अटो रिक्सा चलाएर जीविकोपार्जन गर्ने विपन्न तथा निरक्षर नागरिकलाई लिखित परीक्षा नलिई सिधैं प्रयोगात्मक (ट्रायल) परीक्षामार्फत श्रावण १ गतेदेखि लाइसेन्स दिन सुरु गरेको हो ।
