SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ ११:०१ AM · 1 मिनेट पढाइ

हुलास स्टिलसहित दुई उद्योगले तिरेनन् जरिवाना, नन्दनले बुझायो

सिमरा : वातावरण प्रदूषण गरेको भन्दै बाराको जीतपुरसिमरा उपमहानगरपालिकाद्धारा कारवाही गरिएका हुलास स्टिलसहित तीन ठूला उद्योगमध्ये एउटाले मात्रै सोमबार जरिवाना बुझाएको छ । जीतपुरसिमरा–३ स्थित नन्दन घि एण्ड आयल इण्डष्ट्रिजले दुई लाख ५० हजार जरिवाना बुझाएको हो । उद्योग प्रशासनले सोमबार उपमहानगरपालिकाको नेपाल बैंकस्थित राजश्व खातामा जरिवाना रकम दाखिला गरेको वातावरण शाखा प्रमुख इन्जिनियर पुष्पा सिंहले जानकारी दिएकी छिन् ।