SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

अमेरिकापछि रूसले पनि लियो चार भारतीयको ज्यान, मोदी सरकारले के भन्यो ?

भारत : युद्धग्रस्त क्षेत्रमा मर्चेन्ट नेभीका व्यावसायिक जहाजहरूलाई निशाना बनाइँदा भारतीय नाविकहरूको ज्यान जोखिममा परेको छ । पछिल्ला केही सातामा दुई फरक घटनामा भारतीय नाविकहरूले ज्यान गुमाएका छन् । हालै युक्रेनको तट नजिक एक मालवाहक जहाजमाथि भएको रूसी मिसाइल आक्रमणमा चार भारतीय नाविकको मृत्यु भएको छ ।एक सरकारी अधिकारीका अनुसार, उक्त घटनापछि भारतले मंगलबार रूसका एक वरिष्ठ कूटनीतिज्ञलाई इंगित गर्दै कडा विरोध जनाएको छ ।