SHARE
अन्नपूर्ण · मङगलबार ५ साउन २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

अटो दुर्घटनामा चालकसहित ६ जना घाइते

नवलपरासी : नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका -४ स्थित पूर्व-पश्चिम राजमार्गमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ह ३७४० नम्बरको अटो बाटो काट्दै गरेका बालकलाई बचाउने क्रममा मंगलबार बिहान ०८:४५ बजे अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ।  दुर्घटनामा चालकसहित ६ जना घाइते भएको प्रहरीले जनाएो छ। घाइतेमध्ये चारजनाको लुम्बिनी सिटी अस्पताल बुटवलमा र दुईजनाको चिसापानी अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ।